७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरिबोधिनी एकादशीमा इचंगु नारायणमा विशेष मेला, नागार्जुनले दियो सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन नागार्जुन नगरपालिका वडा नं. ३ मा रहेको इचंगु नारायण मन्दिरमा विशेष मेला लाग्दै छ । बिहीबारका दिन लाग्ने विशेष मेलाको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल श्रेष्ठले जानकारी दिए ।

इचंगु नारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन ठूलो मेला लाग्ने गर्दछ । मेला व्यवस्थापनका लागि मन्दिर व्यवस्थापन समितिले विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न तयारी गरेको छ । 

श्रेष्ठका अनुसार यस पटको विशेष मेला बिहान करिब ३ बजेबाट सुरु हुने छ । मन्दिर पुनर्निर्माण भइरहेको हुनाले यो पटक मन्दिरको अगाडी र छेउबाट गरी दुई स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्षको माघ २० गतेदेखि मन्दिरको पुनर्निर्माण भइरहेको हो । 

अपाङ्गता भएका र अशक्तहरूलाई गाडीमै मन्दिरसम्म जाने व्यवस्था गरिएको छ । मेला व्यवस्थापनका लागि सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, स्काउट लगायतको टोली खटिने छन् । मन्दिरमा दर्शनका लागि आउने भक्तजनको स्वास्थ्यमा कुनै समस्या आएमा उपचारका लागि स्वास्थ्यकर्मीको टोली पनि व्यवस्था गरिएको छ । 

काठमाडौँ उपत्यकाका चार नारायण मध्येका कान्छो नारायणको रूपमा इचंगु नारायणलाई लिइन्छ । मूल नारायणको मन्दिर अगाडि लक्ष्मीनारायण कुण्ड र सँगै चारनारायणको मूर्ति समेत स्थापना गरिएको छ । इचंगु नारायणमै चार नारायणको मन्दिर स्थापना गरिएकाले  भक्तजनले इचंगु नारायण मन्दिरबाटै चार नारायणको दर्शन गर्न पाउँछन् ।

सार्वजनिक बिदा
नागार्जुन नगरपालिकाले पालिकाको वडा नं. ३ मा रहेको इचंगु नारायण मन्दिरमा हरिबोधिनी एकादशीको दिन लाग्ने विशेष मेलाको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले २०८०/०८/०७ बिहीबारका दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकाका प्रवक्ता महेश रिमाले विगतका वर्षमा जस्तै यो वर्ष पनि विशेष मेलाको दिन सार्वजनिक बिदा दिएको जानकारी दिए ।

नगरपालिकाको सहयोग
इचंगु नारायण मन्दिरमा हरिबोधिनी एकादशीको दिन लाग्ने विशेष मेलाको लागि नागार्जुन नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

मेला व्यवस्थापनको लागि सम्बन्धित वडा कार्यालयको पत्रबाट रकम माग भई आएकोले मेला व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको पालिकाले जनाएको छ । बजेट शीर्षक नं. २२५२२ को नगरस्तरीय योजना तर्फको सी.नं. १७ को बजेटमध्येबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता रिमाल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस