११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडा मारी खाग बेचेको आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक

अ+ अ-

काठमाडौँ । खाल्डोमा पारेर गैँडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका आठजनालाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ ।

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैँडा फेला परेका थिए । सोही गैँडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालयले जनाएको छ । सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगना नै उपस्थित थिए ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती-९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवानपुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ-९ मुल घरभइ हेटौँडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैँडा मार्ने योजनाकार भएको बताएको छ ।

उनीहरू पनि नौ गते नै राप्ती-६ बाट समातिएका हुन् । गैँडाको खाग पनि राप्ती-६ मा नै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भई मकवानपुर हेटौँडा-५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरुङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भई चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तामाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नौ गते समातिएका हुन् ।

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको निकुञ्जका सूचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताए । उनीहरूलाई अनुसन्धान गरी मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैँडा मुद्दामा अपराध पुष्टि भए १० लाख रुपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस