६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी पीडितलाई महानगरले राहत दिने

अ+ अ-

काठमाडौँ । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ।

बुधबार महानगरपालिका वडा नं-७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो।

मृत्यु भएकाका परिवारलाई जनही रु एकरएक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने  महानगरले जनाएको छ । 

विराटनगर-७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर–६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो। 

सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो।

घटनामा घाइते भएका विराटनगर–६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका-६ की पिंकी कामतको काठमाडौँमा उपचार भइरहेको छ। 

महानगरले काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ। महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ।

महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। 

आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया दिनुहोस