२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा १५ अङ्कले गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८.५७ मा सीमित भएको छ। आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले ओरालो लागेर तीन सय ६९.४१ मा सीमित भएको छ। कुल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर रू चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा खरिदबिक्री भएका छन्।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रू २५ करोड १५ लाख ६० हजार छ सय सात बराबरको कारोबार भएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रू १६ करोड ५७ लाख ६६ हजार आठ सय ६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रू १४ करोड ५६ लाख ७६ हजार नौ सय ८८, माउण्टेन इनर्जी रू १४ करोड ४० लाख ६९ हजार नौ सय २१ र शिवम् सिमेन्ट रू १३ करोड ७३ लाख १७ हजार दुई सय ६१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले नौ दशमलव ६० प्रतिशतले कमाएका छन्।

समता घरेलु लघुवित्त सात दशमलव १५, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ८७, स्वाभिमान लघुवित्त पाँच दशमलव ४७, एशियन हाइड्रोपावर पाँच दशमलव ३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव २६ प्रतिशतले गुमाएका छन्।