२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशलाई अधिकार नदिए सङ्घर्षमा उत्रिने मुख्यमन्त्रीको चेतावनी

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन्।

सुनसरीको भोक्राहा नर्सिङमा निर्माण गरिएको ४०० केभिएको विद्युत् प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा  बोल्दै  मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई यस्तो  चेतावनी दिएका हुन्।​

संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीलाई आग्रह छ’‚ उनले भने, ‘अधिकार हस्तान्तरण नगरे सदन र सडकबाट सङ्घर्ष गर्छु।’

‘विद्युत्‌कै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत्‌ प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ। त्यो हामीले पाउनु पर्नेछ’‚ उनले भने, ‘त्यसका लागि संघीय सरकार र संघीय संसद्‌सँग सहकार्य र सङ्घर्ष दुवै गर्नु पर्नेछ।’

सबस्टेशन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए। निजी क्षेत्रलाई उत्पादनमा अग्र स्थानमा राख्न सके विकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजी क्षेत्रलाई सहकार्य मात्रै नभई अभिन्न अङ्गको रूपमा लिएको मुख्यमन्त्री कार्कीले बताए।