२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया

अ+ अ-

डोटी । वन्यजन्तु तथा वन पैदावार चोरी निकासीमा नियन्त्रण गर्न जिल्लाका सरोकारवाला निकायहरूबीच अन्तरक्रिया गरिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराले गत मङ्गलवार सेक्टर कार्यालय झिग्राना डोटीमा आयोजना गरेको जिल्ला स्तरमा हुन सक्ने वन्यजन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वन्यजन्तु तथा बन पैदावार चोरी निकासीमा निगरानी बढाउन जोड दिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए ।

अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु नियन्त्रण आदेश २०८० बमोजिम डोटी जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण एकाइको संरचना, वन्य जन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

डोटी जिल्लामा हुन सक्ने वन्यजन्तु तथा वन पैदावार चोरिनिकासी नियन्त्रण गर्न एकाइ अन्तर्गत का सदस्यहरू बिच आपसी समन्वय ,सहकार्य र सूचना आदान प्रदान गर्न आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

कार्यक्रमका सहभागीहरूले डोटी जिल्लामा वन्य जन्तु तथा बन पैदावारको चोरी निकासी नियन्त्रण गर्न निगरानी बढाउनुका साथै छड्के अनुगमनको कार्यलाई समेत प्राथमिकता दिनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रतिनिधि, जिल्ला न्यायाधीश सुरक्षा निकाएका प्रमुख, डोटीको सायल र पुर्विचौकी गाउँपालिकाका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।