२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीप बिल्डिङमा फेल भएकाले पनि भरे उत्पादनमूलकका लागि फारम

अ+ अ-

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पानी जहाज निर्माणको परीक्षामा अनुत्तीर्ण भएकाहरूको फाराम अर्को क्षेत्रका लागि पनि लिएको छ ।

ग्वार्कोस्थित कोरिया शाखामा पुगेर परीक्षार्थीहरूले आजदेखि उत्पादनमूलक क्षेत्रमा आवेदन फारम भरिरहेका छन् ।

यसअघि पानी जहाज क्षेत्रका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण भएकालाई अन्य क्षेत्रका लागि फारम भर्न नदिइएपछि परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका थिए ।

एक वर्षभित्रै परीक्षामा भाग लिएका व्यक्तिहरूलाई उत्पादन क्षेत्रको अर्को परीक्षामा सहभागी नगराउने व्यवस्थाविरुद्ध १८ जनाले उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले निवेदक १८ जनालाई परीक्षा फारम भर्न दिन आदेश दिएको थियो ।

तर परीक्षार्थीहरूले सबैले परीक्षा फारम भर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका थिए । सोही क्रममा यही पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँगको भिडन्तमा दुई युवाको ज्यान गएको थियो । आक्रोशित समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेको थियो ।

त्यस घटनालगत्तै सबैलाई फारम भर्न दिने निर्णय ईपीएस कोरिया शाखाले गरेको थियो । अहिले शान्तपूर्वक परीक्षार्थीहरूले फारम भरिरहेका छन् ।