काठमाडौँ । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।
नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् । त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।


