८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा महानगरले लगायो ताला

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो । 

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन गरेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए । 

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा गठित छानबिन समितिले छानबिन नसकिन्जेल कार्यालयमा हाजिर नहुन भनेकोमा सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताला लगाउन निर्देशन दिएको हो ।

‘प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर देखिई सकेपछि छानबिन चलिरहेको क्रममा फर्किने भन्ने कुरा हुँदैन’ बालेनका स्वकीय सचिव भूपदेव साहले प्रशासनलाई बताए । 

‘कानुनअनुसार छानबिन भइरहेको बेला उहाँको कार्यकक्ष खुल्ने भन्ने कुरै हुँदैन’ स्वकीय सचिव साहले भने । 

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका थिए । 

सम्बन्धित समाचार : काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन

विश्वास गरेकै प्रमुख प्रशासकीय अधिकृतको संलग्नता देखिएपछि क्रुद्ध बनेका मेयर बालेनले अधिकारीलाई थुनी कारबाही गर्न गृहमन्त्रीसमेतलाई भनेका थिए । 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्‍यो’  

प्रशासन डटकमले ब्रेक गरेको उक्त समाचार प्रकाशित भएको भोलीपल्ट प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सही गरेको स्विकार्दै झुक्याएको बताएका थिए । 

सम्बन्धित समाचार : काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’

महानगरद्वारा गठित छानबिन समितिले अहिले अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस