८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्यान्ड, सर्बिया र मलेसियामा पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

सरिता घलानसहितका व्यक्तिलाई सर्बिया पठाइदिन्छु भनेर आठ लाख ९० हजार रुपैयाँ लिएर फरार भएका उदयपुरको कटारी घर भएका विकास कुमार घले र सञ्जय लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यस्तै पोल्यान्ड पठाइदिन्छु भनी दुई लाख १५ हजार रुपैयाँ ठगी गर्ने दोलखाको भीमेश्वर घर भई अहिले काठमाडौँ बस्ने पूजा श्रेष्ठ पनि पक्राउ परेकी छिन् । उनले पोल्यान्ड जान साढे आठ लाख रुपैयाँ लाग्छ र गएपछि मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर ठगेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट घर भई काठमाडौँ बस्ने बिन्दालाल साह पनि पक्राउ परेका छन् । उनले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी रकम लिएर सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस