९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

अ+ अ-

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा विलम्ब भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारी र शिक्षकहरूले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्‍याली आयोजना गरेका थिए । माग पूरा गर्न गम्भीर नभएको भन्दै कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई प्रतिष्ठानका निश्चित ठाउँमा आउजाउ गर्न निषेध गर्दै उनीहरूले ‘निषेधित क्षेत्र’ समेत तोकेका छन् ।

गत कात्तिक २० गतेको सहमतिअनुसार बढुवा प्रक्रियाका लागि अन्तर्वार्ता लिन ढिलाइ भएपछि उनीहरू आन्दोलित बनेका हुन् । कर्मचारी कल्याण समाजका अध्यक्ष डा। सेराज खानका अनुसार सहमतिअनुसार अन्तर्वार्ताको प्रक्रिया नगरिएपछि आन्दोलन गर्नुपरेको हो ।

आइतबारसम्म पनि आफूहरूको माग पूरा गरी समस्याको समाधान नगरिए अझ सशक्त आन्दोलन गर्ने प्रतिष्ठानका कर्मचारी तथा शिक्षकहरूले चेतावनी दिएका छन् ।

यसअघि पनि कर्मचारी र शिक्षकहरूले माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन गरेका थिए । लामो समयसम्म आन्दोलन गरेपछि सहमति भएको थियो ।

गत कात्तिक २० गते आन्दोलनरत शिक्षक र कर्मचारीसँग प्रतिष्ठान प्रशासनको छुट्टाछुट्टै ४ बुँदे सहमति भएको थियो । 

उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गरिने भनिए पनि सहमतिअनुसार काम नभएको भन्दै असन्तुष्ट बनेका शिक्षक र कर्मचारीले फेरि आन्दोलन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस