६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले विश्वविद्यालय एवं बैंक तथा वित्तीय संस्थाका शाखा/प्रशाखा र बागमती प्रदेशका सार्वजनिक निकायहरूलाई सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको छ ।   

आयोगको आज बसेको बैठकले संवैधानिक व्यवस्थाबमोजिम सूचनाको हक कार्यान्वयन नगर्ने त्रिभुवन विश्वविद्यालयसहित मुलुकका १६ विश्वविद्यालय र तीअन्तर्गतका सङ्काय, विभाग, निकायसहित सम्बन्धन प्राप्त क्याम्पसहरूलाई समेत सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको हो । 

यसैगरी, बागमती प्रदेशअन्तर्गतका केही सार्वजनिक निकायले अझैसम्म सूचना अधिकारी नतोकेको र नियमानुसार स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयन नगरेको तथा बैंक एवं वित्तीय संस्थाका शाखा/प्रशाखाहरूले समेत सूचना हकसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको भन्ने विषयलाई गम्भीरता साथ लिएको स्पष्ट गर्दै आयोगले त्यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।  

नेपालको संविधानको धारा, २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी उल्लेख भएको व्यवस्था र त्यही व्यवस्था कार्यान्वयन गर्न ल्याइएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हुने आयोगले स्मरण गराएको छ । साथै आयोगले सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न/गराउन विश्वविद्यालय, बैंक तथा वित्तीय संस्थाका शाखा/प्रशाखा र बागमती प्रदेशअन्तर्गतका निकायहरूलाई आदेश दिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस