२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका एक सय ११ नयाँ अधिकृत दीक्षित

अ+ अ-

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित चार महिने ३७औँ आधारभूत प्रशासन प्रशिक्षणबाट नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत दीक्षित भएका छन् ।

प्रशिक्षणको समापनका अवसरमा आज आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सेवा भावको विकास गर्दै र भ्रष्टाचारमा संलग्न नभई समाजमा पछि परेका र कमजोर अवस्थामा रहेका जनतालाई केन्द्रबिन्दुमा राखेर सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिइन् । 

उनले सानो रकमको प्रलोभनमा नपरी, कलमको सही प्रयोग गरी, अरु कसैको पछि नलागी, तर अरूलाई आफ्नो पछि लाग्ने बनाई आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीमा आवश्यक सुधारात्मक विकास गर्न आग्रह गरिन् ।

गत असोज १७ गते शुभारम्भ भएको उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा, संसद् सेवा र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतका लागि सञ्चालित आधारभूत प्रशिक्षणको आज समापन भएको हो । 

प्रशिक्षणअन्तर्गत लेखा समूहका ८३, राजस्व समूहका १९, लेखापरीक्षण सेवाका सात, संसद् सेवाका एक र परराष्ट्र सेवाका एक गरी १६ महिला तथा ९५ पुरुषसहित एक सय ११ प्रशिक्षार्थी दीक्षित भएका छन् ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेवा भावको विकास गर्दै राष्ट्रसेवा गर्ने मुख्य जिम्मेवारी कर्मचारीमा रहेको स्मरण गराए । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले विभिन्न सीप र ज्ञानको विकास गरी व्यवहारमा सकारात्मकता ल्याउन शुभकामना व्यक्त गरेका छन् ।