१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

अ+ अ-

भरतपुर । चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन् । उनले भने, ‘नेपालमा वर्षेनी  करिब एक हजार पाँच सय जना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् ।  अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा मात्र छन् । ‘

अस्पतालद्वारा अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर अर्बुद अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको जानकारी दिए ।  उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्‍याउन सकिने उनको भनाइ छ । ‘अहिले अभिभावकमा चेतनाको कमी छ । आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्’, उनले भने, ‘अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ ।’

विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो  । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रूपमा समेत सूचीकृत गरेको छ । सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । 

सरकारले एक लाखसम्मको औषधि नि:शुल्क उपलब्ध गराउँदै आएको छ । डा पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन् । कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्पतालका कार्यकारी निर्देशक डा.शिव पौडेल, उपनिर्देशक डा.उमेश नेपाल, अभिभावक तथा बिरामीहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस