२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलन स्थगित गरी वार्तामा आउन गुठी पीडित किसानलाई भूमि मन्त्रालयको आह्वान

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिसँग वार्ताको लागि समिति गठन गरेको छ ।

आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरी समस्या समाधानका लागि मन्त्रालयले संघर्षरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । यसका लागि मन्त्रालयका सहसचिव कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन भएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङका प्रमुख मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका १-१ जना प्रतिनिधि सदस्य रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिए । 

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विगत केही दिनदेखि दाङको घोराहीमा गरिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले समस्या समाधानका लागि समिति गठन गरेको हो । मन्त्रालयले स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको जग्गामा आश्रम र संघर्ष समिति बिचको समस्या समाधानको लागि ठोस पहल थालिसकेको प्रवक्ता भट्टले जानकारी दिए । 

समितिले समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा समस्या समाधानको लागि मन्त्रालयलाई कानुनसम्मत, व्यवहारिक र कार्यान्वयन योग्य सुझावहरू दिनेछ ।