काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।
फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूबारे छलफल गर्ने तयारी एमालेको छ ।
सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलो पटक पार्टी बैठक बस्न लागेकाले त्यसैमा धेरै केन्द्रित हुने एक नेताले बताएका छन् ।