१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९६ औं ओस्कारमा ओपेनहाइमरले सर्वाधिक ७ विधामा अवार्ड जित्दा बार्बीलाई ‘बेस्ट ओरिजिनल स्कोर’ अवार्ड 

अ+ अ-

काठमाडौं । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे । 

यो फिल्म आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ । सिलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् ।

सिलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुइस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् ।

‘ओपेनहाइमर’ ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको थियो ।

यस्तै, फिल्म ‘पुअर थिङ्स’का लागि एम्मा स्टोनले ‘बेस्ट एक्ट्रिस’को अवार्ड जित्दा ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘कष्ट्युम डिजाइन’, ‘मेकअप एण्ड हेयर स्टाइलिङ’को अवार्ड पनि सोही फिल्मले पोल्टामा पार्‍यो ।

सन् २०२३ मा सर्वाधिक ग्रस गरेको फिल्म ‘बार्बी’को गीत ‘ह्वाट ह्वाज आइ मेड फर ?’का लागि बिली एलिसले ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्डमा चित्त बुझाए । यो फिल्म आठ विधाको मनोनयनमा परेको थियो ।

फिल्म ‘होल्डओभर्स’का लागि द–भाइन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्ड जितिन् । फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ले ‘बेस्ट साउण्ड’ र ‘बेस्ट इन्टरनेसनल फिचर’को अवार्ड चुम्यो ।

‘ट्वान्टी डेज इन मौरिपल’ले ‘बेस्ट डकुमेन्ट्री फिचर’ जित्दा ‘एन्टोमी अफ ए फल’ ले ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’, ‘अमेरिकन फिक्सन’ले ‘बेस्ट एडेप्टेड स्क्रिनप्ले’, जापानी फेन्टासी फिल्म ‘द ब्वाइ एण्ड द हिरोन’ले ‘बेस्ट एनिमेटेड फिचर फिल्म’, ‘गोडजिला मिनस वन’ले ‘बेस्ट भिजुअल इफेक्ट्स’, ‘वार इज ओभर ! इन्स्पायरर्ड बाइ द म्युजिक अफ जोन एण्ड योको’ले ‘बेस्ट एनिमेटेड सर्ट’, ‘द लास्ट रिपेयर सप’ले ‘बेस्ट डकुमेन्ट्री सर्ट’ र ‘द वन्डरफूल स्टोरी अफ हेनरी सुगर’ले ‘बेस्ट लाइभ एक्सन सर्ट’को अवार्ड जित्यो ।

प्रतिक्रिया दिनुहोस