२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने सात सय ५० जना चालक कारवाहीमा

अ+ अ-

गण्डकी । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सात सय ५० जना चालक कारवाहीमा परेका छन् । आइतबार मात्र स्वरूप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । पछिल्लो समय त्यस्ता मोटरसाइकल चालकविरुद्ध प्रहरीले धमाधम कारवाही गर्न थालेको हो ।  

कार्यालय प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार स्वरूप परिवर्तन गरिदिने वर्कसप सञ्चालकलाईसमेत कारबाही गर्न सुरु गरिएको छ । “पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका आठ जना वर्कसप सञ्चालकलाई सम्झाइबुझाइ गरी आगामी दिनमा मोटरसाइकलको स्वरूप परिवर्तन नगरिदिने प्रतिबद्धता गराएर छाडिएको छ”, उनले भने, “मोटरसाइकल वर्कसप पनि हाम्रो निगरानीमा छन् ।”

स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम बढाएकाले प्रचलित कानुनअनुसार कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए । “स्वरूप परिवर्तन गरेर चलाउने दुईपाङ्ग्रे सवारीविरुद्ध कारबाहीको अभियान नै चलाइएको छ”, उनले भने, “कतिपयलाई ट्राफिक नियमअनुसार जरिवाना गर्छौ, कोहीलाई थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको छ ।”

पहिलो पटक नियन्त्रणमा लिइएकालाई मोटरसाइकललाई आफ्नै स्वरूपमा फर्काउन लगाइ जरिवाना तिराएर छाड्ने गरिएको छ । पटक-पटक पक्राउ पर्नेलाई भने सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको प्रहरीले जनाएको छ । स्वरूप परिवर्तन गरिएको दुईपाङ्ग्रे सवारीको कारबाहीबाट चालु आवमा रु सात लाख ५० हजारभन्दा बढी जरिवाना रकम उठेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । 

मोटरसाइकलनमा अनावश्यक रङ्गरोगन गर्ने, लुकिङग्लास, सक, ह्याण्डल, इञ्जिनलगायत परिवर्तन गर्ने, चर्को ध्वनि निकाल्ने पाटपुर्जा जडान गर्ने चालकलाई नियन्त्रणमा लिने गरिएको उनको भनाइ छ । पोखरामा ट्राफिक नियमलाई चुनौती दिँदै स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने बढेपछि त्यसविरुद्ध प्रहरीले सक्रियता बढाएको हो ।