१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो-छानबिनका नाममा कानुनको दुरुपयोग नहोस्

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य जीवन परियारले छानबिनका नाममा कानुनको दुरुपयोग हुन नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कानुनको प्रयोग गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘छानबिनका नाममा राजनीतिक आग्रह र पूर्वाग्रहमा कानुनको प्रयोग नहोस् । हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ, सचेत गराउन चाहन्छौँ ।’

सुन तस्करी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको सुझाव छ । यो प्रकरणमा आयोगले मुद्दा दर्ताका लागि सिफारिस गरेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेको उल्लेख गर्दै उनले भने, ‘यसमा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेका छन् । जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ।’

सुन तस्करीमा संलग्न भनिएका जीवन चलाउनेले भारतको दिल्लीबाट सार्वजनिक गरेको भिडियो र अडियोका सन्दर्भमा समेत छानबिन हुनुपर्ने उनको माग छ । ‘जीवन चलाउने नाम गरेका व्यक्तिको दिल्लीबाट भिडियो र अडियो सार्वजनिक भएको छ । चलाउनेले भनेको विषयमा छानबिन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे रु आईजीपी बनाउँदा दुई करोड/एक करोड चाहिन्छ भनेर एउटा व्यापारीसँग बार्गेनिङ कसरी हुँदैछ रु यसरी सीआईबीजस्तो भरपर्दो निकायबाट फरार अभियुक्तसँग मोलमोलाइ गर्न थालियो भने जनताले न्याय पाउने अवस्था रहँदैन ।’

जीवन चलाउनेले रुँदै छोरीले स्कुल जाने वातावरण नभएको र भागेर बस्नुपरेको जस्ता अभिव्यक्ति आएको सांसद परियारले बताए । ‘यदि निर्दोष व्यक्तिलाई सरकारबाट दुःख दिने काम भएको छ भने म भन्न चाहन्छु- सरकारले विधिको शासन र लोकतन्त्रको प्रत्याभूत गराउन सक्दैन ।’

कानुनको अगाडि सबै बराबर हुने परियारले बताए । ‘पञ्चायतमा समेत अन्यायमा परेको छ भने अदालतबाट न्याय पाउने अनुभूति हुन्थ्यो । तर आज शक्तिका भरमा, कानुन हातमा लिएको भरमा तर्साउने काम हुन्छ भने त्यो कदापी हामीलाई स्वीकार्य हुँदैन’ उनले भने ।

सहकारीका ठगीहरूका सम्बन्धमा निष्पक्ष छानबिन हुन्छ की हुँदैन भन्ने चासो आमरुपमा रहेको परियारले बताए । उनले भने, ‘जुनसुकै व्यक्तिले ठगी गरेको भए पनि कारबाहीको भागीदार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस