६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँसबारी छाला जुत्ता प्रकरणमा सीआइबीले लियो विनोद चौधरीको बयान

अ+ अ-

काठमाडौँ । बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ । चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत हुन् । 

२०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।

त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयर धनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ । 

सो प्रकरणमा अनुसन्धानका लागि उद्योगपति एवम् सांसद चौधरीको बयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सीआइबीले सरकारी वकिलको कार्यालय काठमाडौँका अधिकारीहरूको रोहबरमा चौधरीको बयान लिएको हो । 

बुधबार साँझ मात्रै सीआइबीले चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो ।

यसअघि चौधरीका भाइ अरुण पक्राउ परेका थिए । कारखानाको जग्गा हिनामिनाको आरोपमा माघ १८ गते पक्राउ परेका अरुणलाई अर्को दिन काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा छोडिएको थियो । 

प्रतिक्रिया दिनुहोस