२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मतीमा सरकार विस्तार, पर्यटन मन्त्री बज्राचार्यले लिए शपथ 

अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् । प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले पुन: बहुमत प्राप्त गरेको छ । मंगलबार मात्र यस दलले हालको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । जसका कारण वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन् । गत फागुन २३ मा काँग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा काँग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।