नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सले आज टी-२० शृङ्खलाको पहिलो खेल खेल्ने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सले आज टी-२० शृङ्खलाको पहिलो खेल खेल्ने 


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । घरेलु मैदानमा हुने तीन खेलको टी-२० शृङ्खलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ । 

यसअघि बिहीबार शुरु हुने तालिका रहेको सिरिज वर्षाको कारण टस नै नगरी रद्द भएको थियो । 

आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’सँग तीन टी-२० र तीन ओडी खेल खेल्ने तालिका छ । सिरिजको पहिलो खेल वर्षाको कारण बिहीबार रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार आज नेपाल र उल्भ्सले पहिलो खेल्दैछन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ। 

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ । 

ट्वान्टी-२० शृङ्खलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृङ्खलामा प्रतिस्पर्धा गर्नेछन्। 

Tags :
प्रतिक्रिया दिनुहोस