२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काले भने-निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुँदैन 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरूको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् ।

आज (शनिवार) त्रिभुवन पार्कमा नेपाल निजामती कर्मचारी युनियनले गरेको वनभोज कार्यक्रममा बोल्दै उपसभापति खड्काले संसद्‌मा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी पारित गरिने बताए ।

‘ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीको तर्फबाट कुनै कसर रहने छैन,’ उपसभापति खड्काले भने,’यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।’

संसद्‌को ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्नेछ,’ उपसभापति खड्काले भने,’म संसद्को ठूलो दलको हिसाबले नेपाली काँग्रेसले सबै कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकासको सुनिश्चित हुने गरी विधेयक पास गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्दछु ।’

सरकार पुनर्गठनअघि काँग्रेसकातर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री रहेका खड्का निजामती विधेयकको मस्यौदालाई अन्तिम रूप दिन गठित समितिका संयोजक थिए । सोही समितिले सबै सरोकारवालासँग छलफल गरेको विधेयक संसद्‌मा पुगेको उनले बताए ।