७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न मित्रराष्ट्रको सहयोग आवश्यक छ : मन्त्री शर्मा 

अ+ अ-

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई विकासशील हुँदै विकसित मुलुकका रुपमा स्थापित गर्न सबै विकसित मित्रराष्ट्रको सहयोग आवश्यक भएको बताएकी छन् ।

जापनिज युनिभर्सिटिज एलुम्नाई एसोसिएसन (जुआन) नेपालको वार्षिक कार्यक्रम तथा ५०औँ स्वर्णजयन्ती समापनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले जतिसक्दो चाँडो विकासशील हुँदै नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न जापानसहित सबै विकसित मित्रराष्ट्रबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताएकी हुन् ।

“हामी अब देशभित्रको स्रोतसाधन तथा विज्ञान र प्रविधिले सिर्जना गरेका सबै नवीनतम आविष्कारको उच्चतम उपयोग गर्दै समृद्धिको यात्रामा अघि बढ्नु”, मन्त्री शर्माले भनिन्, “हाम्रा मित्रराष्ट्र विकसित मुलुकका रुपमा स्थापित भइरहँदा हामी अझै विकासोन्मुख देशको सूचीमा रहन बाध्य छौँ, यो अवस्था अब धेरै समय रहनुहुँदैन ।” उनले जापानी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्केका जुआनका सदस्यले नेपालको स्वास्थ्य, शिक्षा, इञ्जिनियरिङ, नीति निर्माणलगायत विभिन्न क्षेत्रका उच्च तहमा योगदान गरिरहेको उल्लेख गरिन् । 

“जापानबाट नेपालले सिक्नुपर्ने कुराका बारेमा जुआनले अझै सक्रियरुपमा बहस चलाओस् भन्ने आग्रह पनि गर्न चाहन्छु, साथै जुआनजस्ता संस्थामा आबद्ध साथीहरुले विकसित देशमा गरेका अध्ययन र अनुभवको अधिकतम परिचालन गरेर मुलुकको समृद्धिका लागि थप योगदान गर्ने सरकारको अपेक्षा छ”, मन्त्री शर्माले भनिन् । पछिल्लो समयमा अध्ययनका लागि विदेश जाने नेपालीमध्ये धेरैले अध्ययनभन्दा बढी श्रममा ध्यान दिने गरेको उल्लेख गर्दै  उनले श्रमसँगै अध्ययनलाई पनि प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।

“श्रमलाई मात्रै महत्व दिने प्रवृत्ति बढ्न थालेको गुनासा सुनिन थालेका छन् । यसलाई निरुत्साहित गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानेको उच्च शिक्षाको सुनिश्चिचता गरी पठनपाठन पूरा गरेपछि देशका लागि योगदान गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक छ । यसका लागि जुआनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्तु छु”, मन्त्री शर्माले भनिन् । जुआनले विगत ५० वर्षदेखि सक्रियरुपमा आफ्नो क्रियाकलाप गर्दै आइरहेकामा उनले खुशी व्यक्त गर्दै थप सफलताको शुभकामना व्यक्त गरिन् । मन्त्री शर्माले नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि जापान जान थालेको झण्डै एक सय २२ वर्ष भइसकेको बताएकी हुन् ।

मन्त्री शर्माले भनिन्, “एक सय २२ वर्षअघि तत्कालीन सरकारले आठ विद्यार्थी पढ्न पठाएकामा अहिले बर्सेनि हजारौँ विद्यार्थी जापान अध्ययन गर्न जाने गरेका छन् । गत वर्ष मात्रै १६ हजारभन्दा बढीले जापान अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ ।” उनले जापानले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत, भूकम्पपछिको पुनःनिर्माणलगायत चौतर्फी विकासमा सहयोग गर्दै आइरहेको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस