१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्ड कपको उपाधि 

अ+ अ-

धरान (सुनसरी) । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।

शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए।  उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन्। खेलको प्रारम्भमा  नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर विभागीय टोलीलाई अल्मल्याएको थियो। आर्मीका खेलाडीले पाएका गोलका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज चम्कन सफल भयो। प्रतियोगिताका नायक राजेश नै म्यान अफ दि म्याच घोषित भएर नगद १० हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भएर नगद एक लाख रुपैयाँ पाए भने उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भत्तराज घोषित भएका थिए। उनीहरूले पुरस्कारस्वरुप जनही रु २० हजार प्राप्त गरेका छन्। प्रतियोगितामा सर्वाधिक गोल गरेका डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर बने।  

आयोजक राष्ट्रिय जागृति क्लबका सुमित चौधरी उदीयमान खेलाडी घोषित भएर फुटबल बुट र मेडल प्राप्त गरे।  लामो समयसम्म खेल क्षेत्रमा योगदान पुर्‍याएका इटहरीका उमेश कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरियो। विजेता तथा उपविजेता टिमलाई  प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायत खेल पदाधिकारीले पुरस्कार प्रदान गरेका थिए। 

यही चैत १० गते देखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित नेपालका आठ समूहले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस