२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूको गुनासो

अ+ अ-

काठमाडौँ । एक दशकयता दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)द्वारा आयोजित ’नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार क्षेत्रमा बढेको चुनौती प्रति गम्भीर हुनुपर्ने बताए ।

नेपाली टेलिकम क्षेत्रका समस्याका बारेमा प्रस्तुति दिँदै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. अच्युत वाग्लेले एक शताब्दी भन्दा लामो इतिहास बोकेको टेलिकम क्षेत्रका बारेमा अध्ययन हुन नसकेको बताए ।

उनले नेपालको टेलिकम क्षेत्रमा आगामी ५ वर्षमा कति म्यानपावर चाहिन्छ ? कस्तो म्यानपावर चाहिन्छ भन्ने तयारी नरहेको र विश्वविद्यालयले जनशक्ति उत्पादन सुरु गर्नुपर्नेमा अध्ययनै नभएको उल्लेख गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपालमा डिजिटल ग्याप रहेको बताए । उनले दूरसञ्चार विकास कोष प्रयोग गरी निर्माणाधीन आयोजना ढिला भएकोले त्यसलाई समयमै सक्न प्रयत्न गरिरहेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दूरसञ्चार, विज्ञान प्रविधि र स्टार्टअपका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएको भएकाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा उच्च प्राथमिकताका लगानीका लागि आव्हान गरिने बताए । उनले यस क्षेत्रमा संलग्नहरू तथा विज्ञहरूको साथमा अगाडी बढ्ने प्रतिबद्धता सहित सल्लाह सुझाव समेत दिन आग्रह गरे ।

नेपाल टेलिकमका सिनियर इन्जिनियर मधुसूदन दाहालले टेलिकम कम्पनीकोहरूमा सरकारी दायित्व बढ्दै गएको तथा आम्दानी भने खुम्चिँदै गएको भन्दै सरकाले यसतर्फ ध्यान दिनुपर्ने औँल्याए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले टेलिकम क्षेत्र र यशसँग सम्बन्धित कानुन दुवैकुरा समय अन्सार परिवर्तन तथा परिमार्जन हुनुपर्ने धारणा राखिन् ।