राष्ट्रपति पौडेल तनहुँमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेल तनहुँमा


३ बैशाख २०८१, सोमबार


दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनलगायत विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् ।

उनले यहाँ गाउँपालिकाको प्रशासनिक भवनसहित व्यास नगरपालिका-११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।

खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने बताइएको छ।

व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्त्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्त्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको थियो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो ।

हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस