सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर


१० बैशाख २०८१, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक प्रकाश बहादुर चन्दविरुद्ध मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगले सोमबार सशस्त्र प्रहरी बल न.३६ गण डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन युपीबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्रको परिचर पदमा नियुक्ति लिएको पाइएको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस