२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरूले जोड दिएका छन् । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज यहाँ आयोजित युवा संवादमा उहाँहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक सुनिता बरालले नेताहरूका जीवनशैली, व्यवहार र  कामकारबाहीका आधारमा लोकतान्त्रिक अभ्यास मापन हुने बताए । 

उनले भने, “सेवाप्रवाहमा नागरिकले लोकतन्त्रको अनुभूति नपाउँदा राजनीतिक नेतृत्वप्रति विभिन्न कोणबाट टीकाटिप्पणी भएको हो ।” देशभित्रका सम्भावनालाई बिर्सिएर विदेश पलायनलाई प्रतिष्ठानको विषय बनाउन नहुने धारणा राख्दै नेत्री बरालले सरकार र राजनीतिक नेतृत्वले पनि प्रतिबद्धता जनाएका विषय कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको बताए । 

उनले उच्च शिक्षा, दक्षता अभिवृद्धि र आर्थिक आयआर्जनका लागि विदेश गए पनि समाज र देशको प्रगति र उन्नतिका लागि स्वदेशमै पसिना बगाउनु पर्ने सुझाव दिए । 

त्यसअवसरमा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखे । उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे । 

नेता पौडेलले भने, “जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अवलम्बन भने हुन सकेको छैन ।”

प्राध्यापक डा पिताम्बर भण्डारीले लोकतान्त्रिक प्रणाली उच्चतम शासन व्यवस्था भएकाले प्रणालीमा नीति र नेतृत्व नैतिकताको कसीमा रहन आवश्यकता रहेको बताए । उनले भने, “नेपालमा लोकतन्त्रलाई सुदृढ तुल्याउने हो भने दलभित्रको सक्रमण अन्त्य हुनुपर्छ ।”

समाजका अगुवाकारुपमा रहेका दलका नेता तथा कार्यकर्ता लोकतान्त्रिक मूल्य मान्यताको परिधिभित्र राख्न पर्नेमा जोड दिँदै राजनीतिमा विकृति रहेसम्म लोकतन्त्रका लागि सधैँ चुनौती खडा हुने विचार प्रकट गरे ।