१९ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि कर्मचारीसँग मन्त्री महासेठले जनाए असन्तुष्टि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

१९ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि कर्मचारीसँग मन्त्री महासेठले जनाए असन्तुष्टि


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरूसँग असन्तुष्टि पोखेका छन् ।

बिहीबार नेपाल निजामती कर्मचारी संगठनको क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए । 

उनले भने, ‘मन्त्रालयको चालु आर्थिक वर्षको फागुनसम्म १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था हो । वित्तीय प्रगति त्यत्ति भएको भए हुने थियो । सरकारले आयोजनाको भुक्तानी दिन सकेको थिएन । तर भौतिक प्रगति १९ प्रतिशत मात्रै हुनु राम्रो होइन ।’

उनले आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भए पनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए । उनले आयोजनाहरूको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिकाअनुसार द्रुत गतिमा काम गर्न निर्देशन दिए । उनले आयोजनाहरूको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए ।

Tags :
प्रतिक्रिया दिनुहोस