ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा रेखा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा रेखा


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास श्रेष्ठ नियुक्त भएकी छिन् । बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रेखालाई ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई ललितपुर पठाएसँगै त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती भरतपुर महानगरपालिका सरुवा भएका छन् । 

उपत्यकामा काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवा प्रशासक प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई सुखद र आशाका रूपमा हेरिएको छ । यतिबेला काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदीप परियारले सम्हाल्दै आएका छन् । 

सम्बन्धित समाचार : काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

राजनीतिमा नयाँ पुस्ताको जवर्जस्त उदयसँगै कर्मचारीतन्त्रमा पनि युवा पुस्ताको बाहुल्यता बढ्दो छ । देश विदेशको सेवा प्रवाह मात्रै होइन, प्रविधिसँगसमेत परिचित यो पुस्ताको उपस्थितिलाई कर्मचारी वृत्तमा विशेष चासोका साथ हेरिएको छ । काठमाडौँ महानगरमा प्रदीपको गर्विलो उपस्थितिले ललितपुरमा रेखाको इन्ट्रिलाई थप सहज मात्रै हैन, उत्साहितसमेत बनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस