काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि साना-साना व्यवसायमा जोड दिनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
‘आन्तरिक रोजगारी सिर्जना गर्न र दिगो विकासका लागि साना व्यवसायमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘यसले आत्मनिर्भर र उद्यमशील नेपाली बनाउन ठूलो सहयोग गर्छ ।’
मन्त्री अर्यालले सीपमूलक व्यवसाय र तालिममा पनि सरकार लागेको बताए । मन्त्री अर्यालले सुरक्षित वैदेशिक रोजगारीका लागि पनि काम गरिरहेको बताए ।