२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ वैशाखमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघको १८ औँ वार्षिक साधारणसभा तथा छैटौँ केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौँमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।

संघका महासचिव अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन वैशाख २८ गते काठमाडौँको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिव खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ वैशाखमा काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौँ उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले जानकारी गराए,‘संघका मतदान अधिकार भएका करिब १३ सयजना आजीवन सदस्य रहेका छन् भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’

यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए । यो १८ औँ साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।

छैटौँ महाधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने आफुहरुको चाहना रहेको तर लोकतान्त्रिक प्रक्रिया अन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफूहरू नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।

संघको ३९ जनाको केन्द्रीय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरू संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यवाहक अध्यक्ष कटवालले कार्यक्रममा जानकारी गराए ।

संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत् भएको निकै खुसी लागेको छ भने ।यस्तै संघका सल्लाहकार तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफू विश्वस्त रहेको बताए ।