१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा विद्यार्थी महोत्सव आजदेखि 

अ+ अ-

काठमाडौँ । काठमाडौँमा आजदेखि विद्यार्थी महोत्सव हुँदैछ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै विद्यार्थी महोत्सवको आयोजना गरेको हो ।

विद्यार्थी आन्दोलनको छवि सुधार गर्ने र नयाँ दिशा दिने उद्देश्यले महोत्सवमार्फत बहस गर्ने प्रयास गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । 

महोत्सवको पहिलो दिन मंगलबार तीन वटा सत्र हुँदै छन् । महोत्सवको दिउँसो १२ बजे नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

महोत्सवअन्तर्गत विभिन्न १९ वटा सत्रहरू हुँदै छन् । मंगलबार विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार विषयमा माधव ढुंगेल, गुरुप्रसाद घिमिरे र लेखनाथ न्यौपानेबीच बहस हुदैछ । बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो सत्रमा वाइपी आचार्यले सहजीकरण गर्नेछन् । 

दोस्रो सत्र बिहान ११ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुनेछ । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले सहजीकरण गर्ने सो सत्रमा एमाले महासचिव शंकर पोखरेल, नेपाली काँग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत वक्ता छन् । 

मंगलबारको तेश्रो सत्रमा कसरी सम्भव छ राजनीतिक स्थायित्व ? विषयक छलफल सत्रमा एमाले सचिव योगेश भट्टराई, काँग्रेस नेता प्रदीप पौडेल र माओवादी केन्द्रका मानुषीयमी भट्टराईले बोल्नेछन् । सो सत्रमा अनलाइनखबरका सम्पादक वसन्त बस्नेतले सहजीकरण गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस