१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्राइभिङ सेन्टरका कारण हनुमन्ते खोलाको पुल नै जोखिममा

अ+ अ-

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको हनुमन्ते खोलामा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी ड्राइभिङ सेन्टर सञ्चालन भएको पाइएको छ ।

हनुमन्ते खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर ईजी ड्राइभिङ ट्रेनिङ सेन्टर सञ्चालन हुँदै आएको हो । हनुमन्ते खोलामा बनेको पुलको दायाँ किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी उक्त ड्राइभिङ ट्रेनिङ सेन्टर सञ्चालन भएको हो । 

पुलको एउटा स्पान नै कभर हुने गरी पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेको पाइएको छ । पानीको बहाव नै परिवर्तन गर्ने गरी अतिक्रमण गरेर बनाइएको संरचनाले पुल नै जोखिममा परेको हो । पानीको बहाव परिवर्तन हुँदा पूर्वपट्टिको किनारमा गम्भीर क्षति पुगेको छ । जसले पुलको संरचना नै जोखिममा परेको छ । 

राष्ट्रिय सतर्कता केन्द्रले उक्त पुलको प्राविधिक परीक्षण गर्दा अतिक्रमणका कारण पुल नै जोखिम अवस्थामा रहेको पाइएको हो । खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर ड्राइभिङ सेन्टर सञ्चालन भएको, दर्जनौँ कच्ची र पक्की घरहरू निर्माण भएको सतर्कता केन्द्रको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

सतर्कता केन्द्रका अनुसार अतिक्रमणका कारण निर्माण गरिएका टेवा पर्खाल (ग्याब्लियन वाल)सहितका अन्य संरचनामा गम्भीर असर परेको छ । खोलाको दायाँपट्टिको भाग अतिक्रमण गरी पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर पूर्वपट्टिको किनारालाई समेत क्षति पुर्‍याइएको केन्द्रले जनाएको छ ।

सतर्कता केन्द्रले अरनिको राजमार्गमा निर्मित ३३ वटा पुलको प्राविधिक परीक्षण गरेको थियो । जसअन्तर्गत हनुमन्ते खोलाको पुल जोखिमपूर्ण अवस्थामा रहेको सतर्कता केन्द्रको प्राविधिक परीक्षण प्रतिवेदनबाट खुलेको हो ।

सम्बन्धित समाचार : मापदण्डविपरीतका ट्रायल सेन्टर बन्द गर्न सतर्कता केन्द्रको निर्देशन

प्रतिक्रिया दिनुहोस