काठमाडौँ । वैदेशिक रोजगार अनुमति प्रणाली‘ईपीएस’ शाखाकी निर्देशक मैयाँ कँडेलले पहिलो सपना कोरिया देखेकाहरूको लागि दोस्रो सपना नेपाल बन्नुपर्ने बताएकी छन् ।
बिहीबार दोस्रो पुनः एकीकरण सम्बन्धी जानकारीमूलक कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक कँडेलले पहिलो सपना कोरिया जानु देखेका नेपालीको दोस्रो सपना नेपाल नै हुनुपर्ने बताएकी हुन् ।
कोरियाबाट नेपाल फर्केकाहरूले नेपालमै रोजगार सृजना गरी आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले ‘पुन एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम’ परियोजना सुरु गरिएको हो ।
पहिलो पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम गत वैशाख १७ गते ललितपुरमा सम्पन्न गरिएको थियो । उक्त परियोजनाकै दोस्रो अभिमुखीकरण तथा तालिम आज काठमाडौँमा गरिएको छ ।
निर्देशक कँडेलले कोरियाबाट फर्केका मात्रै नभएर कोरिया जाने नेपालीहरूले पनि यस परियोजनाबाट नेपाल फर्केर आफै स्वरोजगार बन्ने सक्ने बताइन् ।