२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुका किसान स्याउको बिरुवा उत्पादनमा आत्मनिर्भर 

अ+ अ-

मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रूपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको बिरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । मुगुका विभिन्न बस्तीहरू सडक सञ्जालमा जोडिएपछि बाहिरी जिल्लामा कृषकहरूले स्याउको बिरुवा उत्पादन गरी बिक्री गर्दै आएका छन् । 

स्याउको बिरुवा माग बढ्न थालेपछि व्यवसायीक रूपमा खेती गर्दै आएका कृषकले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै २० नर्सरीबाट उत्पादित बिरुवा बेचेर १७ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडाका किसान, मुगुम कार्मारोङ गाउँपालिकाको ३, ४, ६, ९ वडाको किसान एवं खत्याड गाउँपालिका २ देखि ७ नम्बर वडाका किसानले सुपर जोनमा रहेका ५ सय ५ हेक्टरमा उत्पादित स्याउका बिरुवा जिल्ला र जिल्ला बाहिर बिक्री गर्दै आएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई सिमी अन्तर्गत सुपरजोन क्षेत्रमा परेका ४ सय ५ क्षेत्रफलमा सञ्चालित २० वटा नर्सरीबाट उत्पादित २२ हजार ५ सय, जिल्ला कृर्षि विकास कार्यालय मुगुबाट ७ हजार ५ सय र अन्य संघ संस्थाबाट ५ हजार ५ सय गरी कूल ३५ हजार ५ सय स्याउका बिरुवा बिक्री गरिएको थियो । प्रति स्याउको बिरुवा ५० रुपैयाँका दरले किसानले बिक्री गरेका हुन् ।  

आव ०८१/०८१ मा मुगुका किसानले स्याउको बिरुवा बेचेर १७ लाख ७५ हजार, ८ सय बोट दाने ओखरको बिरुवा प्रतिगोटा ५ सय ५० रुपैयाँका दरले बेचेका तीन नर्सरीसञ्चालकले ४ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई सिमी र स्याउ जोन परियोजनाका प्रमुख तेज विक्रम मल्लले जानकारी दिए । 

जिल्लामा पहिले पहिले जसरी परम्परागत अन्नबाली कोदो, कागुनो चिनो, जै, गहुँ, लगायतका खेती गर्दा उत्पादन भएको अन्नले परिवारलाई वर्षभरि खान समेत नपुग्ने अवस्था आएपछि पछिल्लो समय मुगुका स्थानीयको स्याउ, ओखर जस्ता फलफूल खेतीमा रुचि बढाएका छन् । त्यसमाथि मुगुका कतिपय बस्ती सडक सञ्जालसँग जोडिएपछि स्थानीयले स्याउका बिरुवा उत्पादन गरी बाहिरी जिल्लाहरूमा निर्यात गर्दै आएका छन् । 

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५मा ‘रितेश एण्ड दिपेश फलफूल नर्सरी’ सञ्चालन गरी विगत पाँच वर्षबाट स्याउको बिरुवा उत्पादन गर्दै आएका कृषक शक्क बुढा भन्छन्, ‘यो वर्ष मात्रै स्याउको बिरुवा बिक्री गरेर सात लाख बढी आम्दानी भयो । पहिलेजस्तो अन्न उत्पादन हुन छोडिसक्यो यसैबाट हाम्रो घरखर्च चलाउन सहज भएको छ ।’

पहिले पहिले जिल्ला बाहिरबाट बिरुवा ल्याएर स्याउ खेती गर्ने कृषकहरू अहिले भने बिरुवा उत्पादनमा आत्मनिर्भर भएसँगै बाहिरी जिल्लामा बिरुवा निर्यात गर्ने अवस्थामा पुगेका छन् ।