२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा

अ+ अ-

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्नेक्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजाको तयारी गरिएको हो ।

आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिई क्षमापूजा गरिने उनले जानकारी दिए ।

यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको थापाले बताए । उनले भने “मन्दिर परिसरमा रहेका थुप्रै माछा धमाधम मर्न थालेका छन् । माछा मरेपछि स्थानीय चिन्तित छन् । सोमबार सबैको सहभागितामा क्षमापूजा गर्दैछौँ ।”

क्षमापूजाका लागि सबै वडावासीलाई न्यूनतम रु तीन सय सहयोग गरी पूजा सम्पन्न गर्नका लागि आह्वान गरिएको वडाध्यक्ष प्रेम गुरुङले बताए । शुक्रबार बसेको सरोकारवालाको भेलाले तत्कालीन समस्याको समाधान गरी आगामी कार्ययोजना बनाउन संयोजन तथा सुझावका लागि पूर्ववडाध्यक्ष किसान थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

माछा मर्नुको कारण ‘एसिड डेथ’

यहाँ रहेको पोखरीका माछा मर्नुको कारण ‘एसिड डेथ’ रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले जनाएको छ । गत सोमबारदेखि पोखरीमा रहेका हजारौँ माछा धमाधम मर्न थालेपछि गरिएको परीक्षणअनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु फेला परेको प्रयोगशालाले पुष्टि गरेको छ ।

पोखराबाट शुक्रबार प्राप्त पोष्टमार्टम रिपोर्ट अनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु रहेको र प्रारम्भिक ‘एसिड डेथ’ भएको उल्लेख गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले जानकारी दिए ।

उनले भने , “प्राविधिक टोली पुगी उक्त पोखरीको पानी, माछा र माछाका लागि खुवाइएको दानाको नमुना सङ्कलन गरेर पोखरा पठाइएको थियो । थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर र विषादी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको छ ।”

माछा मरेपछि दुई वटा पोखरी खाली भएका छन् भने केही बचेका माछालाई मुख्य मूलमा सारिएको थियो । दुई वटा पोखरीमा रहेका माछालाई संरक्षणका लागि मुख्य पोखरीमा सारिएको भन्दै मुख्य पोखरीका माछा पनि मर्न थालेका आँधीमूल मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।