काठमाडौँ । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
सडक किनार अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू हटाउन आइतबार डोजर चलाएको महानगरपालिकाले जनाएको छ । गौशाला चोकदेखि सिनामंगलतर्फ बागमती पुलसम्म अतिक्रमण गरेर बनाएका घर तथा पसलहरूमा डोजर चलेको हो ।
मुआब्जा लिएर पनि अतिक्रमण गरी घर बनाएर भाडा उठाउने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाकाले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान नै चलाएको छ ।