१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-एमालेको प्राथमिकता सत्ता समीकरणको निरन्तरता र कम्युनिष्ट शक्ति निर्माण

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणको भविष्य प्रधानमन्त्रीको कार्यशैलीमा भर पर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्री ‘प्रचण्ड’ले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गरुन्जेल एमाले गठबन्धनकै पक्षमा रहने बताएका हुन्।

महासचिव पोखरेलले सत्ता बाहिर रहनुको छटपटीले काँग्रेस नेताहरूमा देखिएको उनको भनाई छ। उनले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने बताए। 

विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटि भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको बताए। 

‘एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता हो। बलियो कम्युनिष्ट शक्ति निर्माण हो’, महासचिव पोखरेलले भने ‘पार्टी एकता र २०८४ को निर्वाचनका लागि नयाँ सत्ता समीकरण निर्माण भएको नभई मुलुकलाई संकटमुक्त बनाउनका लागि हो। कम्युनिष्ट शक्तिका बीचमा सहकार्यको थालनी गर्नु मात्रै हो।’

महासचिव पोखरेलले संसदमा गृहमन्त्री रवि लामिछानेलाई बोल्नमा रोक लगाउनु काँग्रेसको पश्चगामी सोच भएको टिप्पणी गरे। उनले यो प्रयत्न परिवर्तनका लागि सङ्घर्ष गरेको पार्टी नेपाली काँग्रेसका लागि शोभनीय नभएको बताए। 

महासचिव पोखरेलले प्रक्रियाबाटै सहमतिमा जिल्ला नेतृत्व चयन गरेर दाङका नेता कार्यकर्ताले मुलुकलाई सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस