२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले खेल रद्द हुँदा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे

अ+ अ-

काठमाडौँ । इन्डियन प्रमियर लिग (आइपीएल)को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले एक-एक अंक लिएका छन् ।

 कोलकाताले पहिला नै क्वालीफायर १ खेल्ने पक्का गरेको थियो । क्वालीफायर १ खेल्नका लागि राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ । आइतबार लामो प्रतीक्षा पछि, केवल टस सम्भव भयो, जसमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो । तर लगत्तै पानी परेपछि खेल रद्द भयो । यो खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ ।

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो । तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा  १७ अंक मात्रै बनायो । सनराइजर्स हैदरावादको पनि त्यति नै अंक छ । तर, सनराइजर्स हैदरावादको नेट रन रेट राम्रो छ । जसका कारण हैदरावाद दोस्रो स्थानमा उक्लिदा राजस्थान रोयल्स तेस्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो ।

आइपीएलको क्वालीफायर १ मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद खेल्ने छन् । यस्तै प्लेअफमा राजस्थान रोयल्सको भेट रोयल च्यालेन्जर्स बेंग्लुरुसँग हुने छ ।