२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट ६७ करोड ४८ लाख राजश्व संकलन

अ+ अ-

काठमाडौँ । नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।

सगरमाथामा यो सिजनमा ४१ आरोहण दलका ७५ महिला र ३ सय ३९ पुरुष सहित ४ सय १४ जनाले आरोहणको अनुमति लिएका छन् ।

यो सिजनमा सगरमाथा पछि सबैभन्दा धेरै हिमाल आरोहणको अनुमति सोलुखुम्बुकै ल्होसे हिमालका लागी दिइएको छ । ल्होसे हिमाल आरोहण गर्ने दलहरूबाट मात्रै सरकारले ३ करोड ४० लाख ३४ हजार २ सय ३८ रुपैयाँ प्राप्त गरेको छ । यो रकम भनेको कुल रोयल्टी हिस्साको ५.०४ प्रतिशत हो । ल्होसे हिमालमा यो सिजनमा १३ आरोहण दलका ११८ पुरुष र २५ महिला गरी १ सय १ सय ४३ जनाले आरोहणको अनुमति लिएका छन् ।

ल्होसेपछि धेरै रोयल्टी मकालु हिमाल आरोहण गर्ने दलहरूबाट प्राप्त भएको देखिन्छ । मकालु हिमाल आरोहणबाट कुल रोयल्टी हिस्साको २ प्रतिशत अर्थात् १ करोड ४१ लख २६ हजार ४ सय रुपैयाँ प्राप्त भएको छ । यो सिजनमा मकालु हिमाल आरोहणको अनुमति ६ आरोहण दलका ४० पुरुष र १९ महिला गरी ५९ जनाले लिएका छन् ।

सगरमाथा, ल्होसे र मकालु बाहेकका अन्य २७ हिमाल आरोहणबाट कम्तीमा १ करोड भन्दा कम राजश्व रकम प्राप्त भएको देखिएको छ ।