७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ क्याबिनेटका सबैभन्दा ‘धनी’ मन्त्री रघुवीर महासेठ, सबैभन्दा कम सम्पत्ति कसको ?

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन्।

मन्त्री महासेठको नाममा जनकपुरमा १ विगाह १५ कट्ठा जग्गा रहेको छ भने २ करोड २५ लाख बैंकमा पैसा रहेको उल्लेख छ। उनले पैतृक सम्पत्ति बेचेर सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख गरेका छन्।

मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ। श्रीमती जुलिकुमारीको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको उल्लेख गरेका छन्।

जुलिकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ विगाह ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषमा ३ कट्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ । श्रीमतीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहको छ ।

उपप्रधानमन्त्री महासेठ नेकपा एमालेका सचिव समेत रहेका छन्। यस्तै, सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देखिएका छन्।

मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रुपैयाँ मौज्दात छ। प्रधानमन्त्री समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी आफूसँग रहेको उल्लेख गरेका छन्। मन्त्री श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया दिनुहोस