२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिएका हुन् । उनले आजकै दिन स्वाँया पुन्हिः, उभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरूलाई पनि हार्दिक शुभकामनासमेत दिएका छन् । 

भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण-जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्त्व रहेको उनको भनाइ छ । ‘गौतमबुद्धले ३६ वर्ष उमेरमा दिएको पञ्चशीलका उपदेशहरू : चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरूलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ’, उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ  ।

बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरूमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उनको भनाइ छ । ‘सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रूपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान् बुद्ध सफल भएको एउटा सत्य र यथार्थ पनि हो’, सन्देशमा भनिएको छ । 

बुद्ध जयन्तीका अवसरमा बुद्धसँग सम्बन्धित पवित्रस्थलमा दीप प्रज्जवलित गर्ने, रङ्गीन पताकाहरुले झकिझकाउ बनाउने र बुद्धको शिक्षामा आधारित जीवन जिउने सङ्कल्प लिने परम्परा रहिआएको छ । यसले मौलिक सांस्कृतिक पक्ष र जीवन सूत्रको महत्वलाई दर्शाउँदछ । 

गौतम बुद्धको जन्म सिद्धार्थ गौतमका रूपमा झण्डै ५६३ इसा पूर्व नेपालको लुम्बिनीमा हुनुले नेपालको संस्कृतिमा बौद्ध धर्मको अतुलनीय योगदान हाम्रा लागि मौलिक तथा ऐतिहासिक पक्ष भएको उनले बताए। “अहिंसाको अवधारणा बौद्ध धर्मको प्रमुख योगदान त हुँदै हो, नेपालको कला एवं वास्तुकलामा बौद्ध धर्मको उल्लेख्य योगदान पनि उत्तिकै छ”, उनले भने । 

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूले मात्रै होइन हिन्दु धर्मावलम्बीहरूले पनि उत्तिकै श्रद्धाका साथ मनाउने गर्छन् । यो भनेको हाम्रोजस्तो बहुधार्मिक मुलुकमा परस्परा धार्मिक घुलनशीलता र सहिष्णुताको विशिष्ट उदाहरण हो । यसबाट कुनै पनि धर्मले अन्य धर्मप्रति सदाचार, सद्भाव र समभाव कायम राख्ने पवित्र सन्देश प्रवाह गरेको हुन्छ । 

‘यो हामी सबैका लागि अत्यन्तै माननीय छ । बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) पर्व गौतम बुद्धका आदर्शहरू तथा धर्मको मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्दछ । यो पर्व सबैलाई शान्तिको सन्देश पनि दिन्छ । यस पर्वका अवसरमा बौद्ध धर्मका अनुयायीहरूले भगवान् बुद्धका पवित्र तथा धार्मिकस्थलमा गई मौलिक परम्पराअनुसार पूजापाठ गर्नु, बोधीवृक्षमा पूजा गर्नु, दियो बाल्नु, दूध र इत्र मिश्रित पवित्र जल चढाउनु, सरसौँको तेल हालेको दियो पीपलको बोट मुनि बाल्नेजस्ता अनुष्ठान यो धर्मको अर्को मौलिक संस्कृति र पहिचान हो’, शुभकामना  सन्देशमा भनिएको छ ।