२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौँ : काँग्रेस

अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन बसेको कार्यदलको बैठक कांग्रेसले पुरानै अडान दोहोर्‍याएको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि काँग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरू गृहमन्त्रीकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बताए ।

उनले भने, ’सहकारीको विषयमा गृहमन्त्रीमाथि विभिन्न निकायमा छानबिन भइरहेको छ । उहाँ गृहमन्त्री भइसकेपछि छानबिन प्रभावकारी हुन सक्दैन भन्ने उद्देश्यका साथ कांग्रेसले सुरुदेखि नै समितिको माग गरेका छौँ । हिजो काँग्रेसको बैठकले पनि त्यही कुरा स्पष्ट पारेका छौँ ।’

उनले छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभएसम्म आफूहरू नमान्ने अडान सुनाए ।

उनले थपे, ‘हामीले जसकाबारेमा छानबिन बनाउनुपर्छ भनेर उठाएका हौँ । त्यो नभएसम्म हामी मान्दैनौँ भनेका छौँ । सत्तापक्षलाई आज पनि त्यही कुरा राखेका छौँ । उहाँहरूले नाम नराखीकन छानबिनको दायर अगाडि बढाउनुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । त्यो गोलमोटल भाषाले छानबिन अगाडि बढ्न सक्दैन । त्यसैले गृहमन्त्री अपचलनमा सहभागी हुनुहुन्छ भन्ने हामीले भनेका छौँ । नभए कांग्रेसले गृहमन्त्रीमाथि यस्तो आरोप लगाएको छ भन्ने भाषा पारौँ सकिन्छ भन्नेबारे पनि छलफल भएको छ ।’

उनले आज भएको छलफलमा उठेका कुराहरूबारे शीर्ष नेताहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।