१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेइजिङमा पनि मनाइयो बुद्ध जयन्ती

अ+ अ-

काठमाडौँ । दुई हजार पाँच सय ६८औँ बुद्ध जयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्ध जयन्ती मनाइएको छ ।

बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न संस्थाका चिनियाँ नागरिक, नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सय २० जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा चीन बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु चाङ झाङले चीन र नेपालबिचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । विश्व समुदायका साथै चीन र नेपालको शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेको उक्त दूतावासले जनाएको छ ।

त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका शाश्वत शिक्षाले सम्पूर्ण मानव जातिलाई उदारता, करुणा, नैतिकताका साथै अर्थपूर्ण जीवन बिताउन प्रेरित गर्ने बताए ।  विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना बुद्धका उपदेश प्रेरक छन् भन्दै उनले पञ्चशीलको सिद्धान्तमा निहित दुई देशबिचको लामो समयदेखिको सम्बन्ध बौद्ध आध्यात्मिकताको प्रतीकका रूपमा रहेको बताए ।

यसैबिच, ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएसन अफ क्यानडासँगको सहकार्यमा शनिबार बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ ।

सोसाइटीले आज जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष विशेष बौद्ध बज्रयान-महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो सांस्कृतिक नृत्य प्रस्तुति, दीप प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरिने छ । कार्यक्रममा क्यानडा र अमेरिकामा रहेका ह्योल्मो समुदाय तथा अन्य नेपालीका साथै विशिष्ट क्यानडेली अतिथिसहित एक हजार जना सहभागी हुने अपेक्षा छ ।  

प्रतिक्रिया दिनुहोस