१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट पेश गर्ने दिनसम्म संसद् खुल्ने ‘प्रचण्ड’को विश्वास

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा जारी अवरोध १५ जेठसम्म हट्ने विश्वास व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू केही दिनदेखि राजनीतिक दलहरूकाबीचमा सहमति जुटाउन प्रयासरत रहेको बताए ।

‘मलाई विश्वास छ, ‘आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । १५ जेठमा संसदमा बजेट पेश गर्ने संवैधानिक प्रावधान छ ।

आइतबार बिहान आफू नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेको भन्दै प्रचण्डले सहमतिको नजिक पुगेको बताए ।

काँग्रेसले सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । यसमा सत्तापक्षमा रहेका दलहरू पनि सहमत भएका छन् । तर, संसदीय समितिको कार्यादेश टुङ्गो लागेको छैन ।

कार्यादेश टुङ्गो लगाउन यही जेठ ५ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा काँग्रेसका तर्फबाट जीवन परियार, एमालेको तर्फबाट महेश बर्तौला र रास्वपाका तर्फबाट शिशिर खनाल सदस्य छन् ।

कार्यदलस्तरमा जारी छलफल सकारात्मक रहेको र दलहरूका बीचमा चाँडै सहमति जुट्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा नै बजेट पेश हुने पनि बताएका छन् । कतिपयले अध्यादेशबाट सरकारले बजेट ल्याउन सक्ने आशंका गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिने बताए । नीति तथा कार्यक्रममा परेको संशोधनको विषय समेतलाई ख्याल गरेर बजेट प्रस्तुत गरिने उनको प्रतिबद्धता छ ।

सरकारको नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संशोधनको सूचना दिएका थिए । उनीहरूले नीति तथा कायक्रमको विभिन्न बुँदामा संशोधन प्रस्ताव गरेका छन् ।

प्राप्त संशोधनका विषय बजेटमा समावेश गर्न पहल गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस