२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यामरुककोटमा पर्यटकीय पूर्वाधार विस्तार 

अ+ अ-

म्याग्दी । पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका-२ स्थित ऐतिहासिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ । 

ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार गरिएको हो । गण्डकी प्रदेश सरकार अन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । 

“बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौ,” उनले भने “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरूलाई सहज बनाएको छ ।”

प्रदेश सरकारको रु. १० लाख बजेटबाट यसपाली खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । ३८ मिटर लामो र २ मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्क भगानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।  

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्नका लागि १० वटा बेञ्च राखिएको छ । यसअघि प्रदेश सरकारको रु. १५ लाख बजेटमा भकुण्डे देखि खड्गभवानी कोतघर परिसरमा पुग्ने ३०८ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्व वडा अध्यक्ष हिरा बहादुर थापाले बताए । 

प्रदेश सरकारकै रु. १० लाख बजेटबाट कन्थरथान तर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण भएको छ । कोतघर परिसरमा रु. ५ लाख बजेटमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको छ । 

१५औं शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटन गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको बेनी नगरपालिका–२ का सदस्य चन्द्रकान्त रिजालले बताए । 

उनका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियार समेत छन् । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला/इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै पनि यथावत् छन् । समुन्द्री सतहदेखि १ हजार ६४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण लगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।