काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतलाई सार्वजनिक-निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने घोषणा दोहोर्याएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण क्रममा अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । त्यस्तै सार्वजनिक संस्थानको जग्गाको चार किल्ला यकिन गरी संरक्षण गरिने उनले बताए ।
नेपाल वायुसेवा निगमको व्यवस्थापन तथा सञ्चालनका लागि रणनीतिक साझेदारलाई सहभागी गराइने बजेट भाषणमा उल्लेख छ । सार्वजनिक संस्थानको सम्पत्ति मौद्रिकीकरण गरिने बताइएको छ ।