काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले गृह मन्त्रालय प्रतिभाको धनी रहको बताएका छन् ।
१७ औँ गणतन्त्र दिवस २०८१ को अवसरमा गृह मन्त्रालयद्वारा बुधवार आयोजित सिर्जनात्मक प्रतिभा प्रस्तुति कार्यक्रममा गृह सचिव अर्यालले प्रतिभालाई गृह मन्त्रालयको कार्यसम्पादनसँग जोड्ने गरी कार्यक्रम तय गर्ने बताए । यस्ता कार्यक्रमले आत्मीय वातावरण तयार गर्ने कार्य गरेको भन्दै उनले सेवाग्राहीसँग शुक्रवारको दिन पारेर पुन कला प्रस्फुटनको कार्यक्रम राखिने बताए ।
यस प्रकारका कार्यक्रमले कार्यालयमा कार्यरत कर्मचारीहरूमा निहित प्रतिभा प्रस्फुटन गरी उनीहरूमा रहेको क्षमता विकासमा थप जोड दिएको उनको भनाइ छ । कार्यक्रममा मन्त्रालय र मातहतका कर्मचारीहरूले आफूमा रहेको सिर्जना कविता, गजल, गीत, मुक्तकमार्फत प्रस्तुत गरेका थिए ।

कर्मचारीहरू कविराज उपाध्याय, मुस्कान मास्के, मान बहादुर बुढा, सुनिता थापा, श्यामकृष्ण लामिछाने, विजय कुमार महर्जन, माधव सिग्देल, युवराज पङ्गेनी, गीता शर्मा, सन्तोष परियार, निरज दाहाल, उपसचिव ऋषि पौडेल, एकदेव अधिकारी लगायतले आफ्ना सिर्जना सुनाएका थिए । कार्यक्रममा माधव सिग्देलद्वारा लिखित पुस्तक विमोचनसमेत गरिएको थियो ।

जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । तीन दिन गणतन्त्र दिवस मनाउने क्रममा रचनात्मक बनाउन मन्त्रालयले पहिलो पटक सिर्जनात्मक प्रतिभा प्रस्तुति पनि राखेको हो ।